काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मुद्दा जितेका छन् । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ ।
सर्वोच्च अदालतले सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी कलेजलाई लाइसेन्स दिन आदेश दिएसँगै थप १३ मेडिकल कलेज उत्साहित भएका छन ।
सरकारले मेडिकल कलेज निर्माण गर्न आसयपत्र (एलओआई) दिएर सञ्चालन अनुमति नदिएका थप १३ मेडिक कजेलाई अब प्रसाईंको बीएण्डसी कलेजको फैसला नजिर हुने छ । यो नजिरका कारण अब अरु मेडिलक कलेज पनि अदालत गएर मुद्दा जितेर आउन सक्ने भएकोले भौतिक संरचना बनाएर बसेको तर सञ्चालन अनुमति नपाएका कलेज उत्साहित भएका हुन् ।
चिकित्सा शिक्षा ऐन २०७५ मा एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेका कारण नयाँ मेडिकलले कलेजलाई अनुमति दिन सरकारले बन्द गरेको थियो । तर, त्यतिबेला पूर्वाधार तयार गरेका भएपनि १४ वटा मेडिकल कलेजलाई अनुमति नदिइ सरकारले रोकेर राखेको थियो ।
प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आजका लागि फैसला सुनाउने मिति तोकेको थियो । सोमबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको हो । इजलासले रिट जारीको फैसला गरेको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले निवेदकले माग गरे अनुसारको फैसला भएको जानकारी दिए । ‘निवेदक दुर्गा प्रसाईंले गरेको माग दाबी अनुसार नै सर्वोच्चको फैसला आएको हो’ उनले भने ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति ९एलओसी० पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।
सरकारबाटै आशय पत्र ९एलओआई० पाएपछि प्रसाईंले बैंकबाट कर्जा लिएर संरचना खडा गरे तर सम्बन्धन पाएनन् ।
प्रसाईंले आधा दर्जन बैंक तथा वित्तीय संस्थाबाट बी एण्ड सीसहितका व्यवसाय गर्न साढे ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएका छन् ।
शिक्षा मन्त्रालयले २०६८ माघ १४ गते मेडिकल कलेज सञ्चालनका लागि दिएको मनसाय पत्र ९एलओआई० लाई आधार बनाएर बैंकहरुले कर्जा दिने निणर्य लिए । कर्जा सम्झौतामा विद्यार्थीको पहिलो भर्ना भएपछि प्रथम किस्ता बुझाउन थाल्ने र कर्जा अवधि १५ वर्ष रहने उल्लेख थियो ।
तर, विभिन्न कारण प्रसाईंको बी एन्ड सी मेडिकल कलेजले सञ्चालन अनुमति ९एफिलिएसन० नपाउँदा प्रसाईंले बैंकको कर्जा तिर्न सकेका थिएनन् । मेडिकल कलेजको लाइसेन्स पाउनुपर्ने माग गर्दै प्रसाईं अदालत गएका थिए।