विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि महेश श्रेष्ठ पक्राउ

काठमाडौं । विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र शंकास्पद बैंकिङ कारोबार भेटिएपछि महेश श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनको पक्राउको पुष्टि गरेको छ।

स्रोतका अनुसार विचौलिया सापकोटासँग श्रेष्ठको आर्थिक कारोबार तथा नियमित सम्पर्क रहेको खुलेपछि अनुसन्धानको दायरामा ल्याउन उनलाई पक्राउ गरिएको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज