काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट न्याय परिषद्को सिफारिसमा नियुक्त भएका सर्वोच्च अदालतका चार जना नवनियुक्त न्यायाधीशहरूले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई प्रधान न्यायाधीश मनोजकुमार शर्माले शपथग्रहण गराउनुभएको हो।
न्याय परिषद्को बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले उनीहरूको नियुक्ति सम्बन्धी औपचारिक निर्णय गरेको थियो।
शपथग्रहण समारोहमा सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू, न्यायपरिषदका पदाधिकारीहरू तथा कानून व्यवसायीहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त न्यायाधीशहरूको शपथसँगै सर्वोच्च अदालतमा मुद्दाहरूको सुनुवाइ र न्याय सम्पादन कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

