छठको बिदाका कारण निवर्तमान आईजीपी कार्कीको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । छठ पर्वको सार्वजनिक बिदाका कारण निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।

सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर अन्य जिम्मेवारी दिने निर्णय गरेपछि त्यसविरुद्ध पुनर्बहालीको माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको थियो।

तर, सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सर्वोच्च अदालतसहित देशभरका अदालतहरू बन्द रहने भएका छन्।

सार्वजनिक बिदाका कारण उक्त दिनका लागि तोकिएका अन्य मुद्दाहरूसँगै कार्कीको रिटमाथिको सुनुवाइ पनि प्रभावित भएको सर्वोच्च अदालतले जनाएको छ। स्थगित भएका सम्पूर्ण मुद्दाहरूको अर्को पेसी अदालत खुलेपछि मात्रै तोकिनेछ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज