छठ पर्वका अवसरमा सरकारद्वारा दुई दिन सार्वजनिक विदा दिने घोषणा

काठमाडौं । नेपाल सरकारले छठ पर्वको अवसरमा मुलुकभर लगातार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै वि.सं. २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वको मुख्य दिन सार्वजनिक विदा दिने निर्णय भइसकेकोमा, छठ पर्वको व्रत समापन तथा उदाउँदो सूर्यलाई अर्घ दिने दिन अर्थात् कात्तिक ३० गते सोमबारका दिन पनि नेपाल सरकारले थप सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा अनुसार सरकारले यो निर्णय गरेको हो।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज