रायमाझी बिहीबार जेलमुक्त हुँदै : ज्येष्ठ नागरिक ऐनअनुसार पाए २५ प्रतिशत कैद छुट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागार चालान भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त हुने भएका छन्। अदालतको फैसलाबमोजिम तोकिएको कैद सजाय भुक्तान गरी उनी रिहा हुन लागेका हुन्।

कारागार कार्यालय डिल्लीबजारका अनुसार रायमाझीलाई ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को प्रावधानअनुसार कैदमा २५ प्रतिशत छुट दिइएको हो। उक्त ऐनको दफा १२ मा ६५ देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले पाउनुपर्ने २५ प्रतिशत कैद छुटको व्यवस्था छ। सोही कानुनी प्रावधानका आधारमा जिल्ला अदालत काठमाडौंले छुट दिन आदेश दिएपछि उनको रिहाइको बाटो खुलेको हो।

सरकारले करिब दुई महिनाअघि कारागार नियमावली संशोधन गर्दै ज्येष्ठ नागरिक ऐनमा उल्लिखित सुविधा प्रदान गर्ने व्यवस्था समावेश गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले रायमाझीलाई चार वर्षको कैद सजाय सुनाएको थियो। उनी विक्रम संवत् २०८० वैशाखदेखि निरन्तर कारागारमा थिए। डिल्लीबजार कारागार प्रशासनका अनुसार कानुनी प्रक्रिया पूरा गरी उनलाई यही कात्तिक २६ गते बिहीबार रिहा गरिनेछ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज