सर्वोच्च अदालत तिहार विदामा पनि खुला रहने, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौँ । तिहारको सार्वजनिक विदाको अवधिमा पनि सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्न खुला रहने भएको छ।

सर्वोच्च अदालत प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार २०८३ सालको तिहारको अवसरमा कात्तिक २२ गतेदेखि २६ गतेसम्म अदालत सार्वजनिक विदाका कारण बन्द रहनेछ।

तर न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त विदाको अवधिमा पर्ने भाइटीकाको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी सुनुवाइ गर्ने व्यवस्था मिलाइएको छ।

सोही व्यवस्थाअनुसार तोकिएको अवधिमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने र आवश्यक न्यायिक कार्यसम्पादन हुने सर्वोच्च अदालतले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज