सरकारद्वारा लगानी सम्मेलन लक्षित गर्दै कानुन संशोधन गर्ने अध्यादेश सिफारिस (अपडेट)

काठमाडौँ । सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न ९ वटा ऐन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको हो ।

तेस्रो लगानी सम्मेलन बैशाख १६ र १७ गते काठमाडौंमा हुन गइरहेको छ । त्यसैले नेपालमा लगानीमैत्री वातावरण तयार पार्न सघाउने उदेश्यले ऐनहरू अध्यादेशमार्फत ल्याउने विषयमा सरकारले अध्यादेश सिफारिस गरेको हो । ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ बनेको अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरिएको बताइएको छ ।

मन्त्रीपरिषद् स्रोतका अनुसार भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ अध्यादेशमार्फत संशोधन हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज