भ्रष्टाचार मुद्दामा अदालतले सफाईदिएपछि मरासिनी बने अर्थ सचिव

काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि स्वत निलम्बनमा परेका सचिव मधुकुमार मरासिनी भ्रष्टाचार मुद्दामा अदालतले सफाइदिए पछि अर्थ सचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मरासिनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायरसँग मरासिनी स्वतःनिलम्बनमा परेका थिए । विशेष अदालतले उनलाई सफाइ दिएपछि निलम्बन फुकुवा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज