नेपाली कांग्रेसद्वारा १५औँ महाधिवेशनका लागि ‘निर्वाचन निर्देशिका २०८३’ जारी: प्रविधिमैत्री व्यवस्था र आचारसंहितामा कडाइ

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र मर्यादित बनाउन नयाँ निर्देशिका ल्याएको हो।

जारी निर्देशिकाले उम्मेदवारहरूका लागि कडा आचारसंहिता लागू गरेको छ। निर्वाचनको स्वच्छता कायम राख्न प्रचारप्रसारका क्रममा उम्मेदवारको नाम वा चुनाव चिह्न अङ्कित टोपी, भेस्ट, ज्याकेट, मास्क जस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको छ। यसका साथै सार्वजनिक स्थलमा होहल्ला गर्न, सवारी साधनको दुरुपयोग गर्न र बालबालिकालाई निर्वाचनसम्बन्धी गतिविधिमा सहभागी गराउन पूर्ण रूपमा निषेध गरिएको छ।

यसपटकको महाधिवेशनमा निर्वाचन प्रक्रियालाई थप प्रविधिमैत्री बनाइएको छ। उम्मेदवारी दर्ता शुल्क भुक्तानीका लागि क्यूआर कोड (QR Code) को प्रबन्ध गरिएको छ भने निर्वाचन परिणाम वेबसाइटमा इन्ट्री गर्ने र डिजिटल माध्यमबाट मतदाता नामावली सच्याउने व्यवस्था मिलाइएको छ। निर्देशिकामा नेपालको संविधान र पार्टी विधानअनुसार दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएका १३ जिल्लाका लागि समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरिएको छ।

निर्देशिकामा महाधिवेशनका विभिन्न तहका लागि उम्मेदवार हुन आवश्यक न्यूनतम योग्यता र शुल्कको पनि स्पष्ट विवरण तोकिएको छ। जसअनुसार केन्द्रीय सभापति पदका लागि उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ कायम गरिएको छ। साथै, गाउँ/नगरपालिकादेखि प्रदेश र केन्द्रीय तहसम्मका निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृत तथा मतदान अधिकृतहरूको जिम्मेवारी र मतपत्रको ढाँचा समेत स्पष्ट पारिएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज