एलपी ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको कडा निर्देशन

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यास उद्योग तथा विक्रेताहरूलाई ग्यास बिक्री गरेपश्चात् अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्न निर्देशन दिएको छ। निगमको एल.पी. ग्यास तथा एभिएसन विभागद्वारा जारी गरिएको पत्रमा तोकिएका केही विक्रेताहरूले ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगरेको गुनासो गम्भीर रूपमा प्राप्त भएको उल्लेख छ।

यसअघि पनि निगमले मिति २०८१ साल साउन ३० गते र २०८१ माघ १० गते यसै विषयमा सम्बन्धित संघलाई पत्राचार गरी सचेत गराएको स्मरण गराइएको छ। पछिल्लो समय बजारबाट प्राप्त गुनासाहरूलाई मध्यनजर गर्दै निगमले सम्पूर्ण ग्यास उद्योगहरूलाई आफ्ना विक्रेतामार्फत एल.पी. ग्यासको बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित उक्त निर्देशन पालना भए नभएको बारे कडा निगरानी राखिने समेत संकेत गरिएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज