संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ । सर्वोच्च अदालतका लागि न्यायधीश पदमा सिफारिस गरिएका चार जना न्यायाधीशविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ। समितिले एक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशहरूलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरेको हो।

समितिको सचिवालय, सिंहदरबारस्थित कार्यालयमा वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत कार्यालय समयभित्र लिखित रूपमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ। सूचना दिने व्यक्तिको नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने भए पनि निवेदकले चाहेमा उनीहरूको नाम गोप्या राखिनेछ। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरीहरू तोकिएको म्यादभित्रै समितिको सचिवालयमा आइपुग्ने गरी पठाउन समेत अनुरोध गरिएको छ।

यसअघि संसदीय सुनुवाइ समितिले न्याय परिषद्बाट न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस भई आएका चार जनाको नाम अनुमोदनका लागि प्रक्रिया अघि बढाएको थियो। सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका लागि मुख्य न्यायाधीश डा. रत्नबहादुर वाग्चन्द, न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। तोकिएको १० दिनको म्याद समाप्त भएपछि समितिले प्राप्त उजुरीहरूको अध्ययन गरी सुनुवाइ प्रक्रिया अगाडि बढाउनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज