विशेष अदालतको आदेशविरुद्ध नागरिक उड्डयन प्राधिकरणका निर्देशक भण्डारी पुगे सर्वोच्च

काठमाडौं । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तोकेको धरौटी आदेशविरुद्ध नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन्। विशेष अदालतले आफूसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने गरी गरेको आदेश बदर हुनुपर्ने माग गर्दै उनले सर्वोच्चमा निवेदन दिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले उनीसँग धरौटी माग गरे पनि भण्डारीले भने आफू मुख्य निर्णयकर्ता नरहेको जिकिर गरेका छन्। आफूले केवल टिप्पणी मात्र पेश गरेको र निर्णय प्रक्रियामा आफ्नो भूमिका निर्णायक नभएको दाबी गर्दै उनले अदालतको उक्त आदेशलाई चुनौती दिएका हुन्।अख्तियारले दायर गरेको सोही भ्रष्टाचार मुद्दामा हाल कानुनी प्रक्रिया अघि बढिरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज