काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीहरूको उचित व्यवस्थापन र समस्या समाधानका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका डिल्लिराज आचार्यलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बैठकले समितिको सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्ति तथा मनोनयन गरेको छ । सहकारी क्षेत्रमा देखिएका जटिल समस्याहरूलाई सुल्झाउन र बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यका साथ सरकारले यो महत्वपूर्ण नियुक्ति गरेको हो । मन्त्रिपरिषद्को यो निर्णयसँगै अब नयाँ नेतृत्वले समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने छ ।

