काठमाडौँ । प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । मस्यौदा समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मंगलबार सभामुख अर्याललाई उक्त मस्यौदा प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा सांसद पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो, जसले सदनको कार्य प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि नयाँ नियमावलीको मस्यौदा तयार पारेको छ ।
यो मस्यौदा समितिमा संयोजक पराजुलीसँगै ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, र ध्रुवराज राई सदस्यको रूपमा रहनुभएको छ । त्यसैगरी समितिमा निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यादव र सुलभ खरेलले पनि सदस्यका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । सदनको आन्तरिक कार्यविधि र संसदीय आचरणलाई मार्गनिर्देश गर्ने लक्ष्यका साथ तयार पारिएको यो मस्यौदा अबको संसदीय प्रक्रियाका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
यस्तो छ प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदाः

