वैशाख १७ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले आगामी २०८३ साल वैशाख १७ गते बिहीबारका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ वैशाख ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले उक्त अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार संसद्को बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा वैशाख १७ गते दिउँसो १४:०० बजे (२ बजे) बस्ने गरी तोकिएको छ। २०८३ वैशाख ९ गते बुधबार जारी गरिएको उक्त विज्ञप्तिमा संसद्का दुवै सदनको अधिवेशन सञ्चालनका लागि संवैधानिक प्रक्रिया अनुसार बैठकको मिति र समय तय गरिएको उल्लेख छ।

सम्बन्धित समाचार

ताजा न्यूज