काठमाडौं । १४ किलो सुन तस्करी गर्ने विरुद्ध मुद्दामा जिल्लाको आदेश उच्च अदालतले गर्यो सदरको छ । आदेशको सदरपछि सुन तस्करीमा संलग्न ७ जना थुनामै भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको १४ किलो सुन प्रकरणमा पक्राउ परी जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षको लागि थुना र धरौटी माग गरिएको जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।
जिल्ला अदालत काठमाडौंले दिएको पुर्पक्षको आदेशको पुनरावेदन माग गर्दै ८ जनाले उच्च अदालतमा निवेदन दिएका थिए। त्यसमा बिहीबार न्यायाधीशहरू हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले जिल्लाको आदेशलाई सदर गरेको हो।
सुन तस्करीमा लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मिनबहादुर घले र जीवन गुरूङको आदेश सदर भएको हो। उनीहरूले जिल्लाको आदेश पुनरावेदन गर्न माग गरी उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
गत पुसमा जिल्ला अदालत काठमाडौंले यसमा संलग्न ८ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। जीवनबाहेक अन्य पुर्पक्षको लागि कारागार चलान भएका थिए।
फरार रहेका जीवनलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले फागुन १४ गते पक्राउ गरेको थियो। पछि उनी १५ लाख धरौटी बुझाएर छुटेका थिए। उनको पुनरावेदन पनि मुद्दा सदर भएको थियो।
उनलाई धरौटीमा छाड्ने आदेशविरूद्ध उच्च सरकारी वकिल कार्यालयले पनि पुनरावेदन दिएको थियो। गत मंसिर २१ गते फ्लाई दुबईमार्फत् काठमाडौं आइपुगेका गोरखाका चन्द्र घलेबाट १४ किलो सुन बरामद भएको थियो।