कार्यविधिको अभावमा बोर्डको कार्यक्रम रोकिदैन, नीतिगत सुधारमा जोड दिने पर्यटन मन्त्रीको घोषणा

काठमाडौैं । नेपाल पर्यटन बोर्डमा विदेशमा हुने कार्यक्रमको लागि खर्च कार्यविधिको अभावले प्रवद्र्धनको काम अब नरोकिने पर्यटन मन्त्री हितबहादुर तामाङले बताएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तामाङले नेपाल पर्यटन बोर्डको ब्रिफिङ कार्यक्रममा बोर्डको कार्यक्रम खर्च कार्यविधिले नरोकिने वातावरण बनाउने बताए । उनले भने ‘नेपाल पर्यटन बोर्डको खर्च कार्यविधि स्वीकृत नहुँदा चालु आर्थिक वर्षदेखि रोकिएको कार्यक्रम तत्काल फुक्ने छ ।’ त्यसका लागि आवश्यक पहल आफूले थालिसकेको पनि उनले बताए ।

मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह पनि गरेका छन । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसँग सहकार्य गररै अघि बढ्ने पनि बताए ।

‘केही नीतिगत कुराहरु रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्ति देखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन, ’उनले भने ।

पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एरले विदेशका आयोजना गरिने कार्यक्रमका लाागि कार्यविधि नहँुदा ती कार्यक्रम प्रभावित भएको भन्दै सहजीकरण गरिदिन मन्त्री तथा सचिवसंग आग्रह गरेका थिए ।

बोर्डका अधिकृत सुदन सुवेदीले बोर्ड सदस्य तथा कार्यकारी प्रमुखको नियुक्ति छिटो गर्न सके बोर्डका कार्यक्रम प्रभावकारी हुने बताउँदै कर्मचारीका समस्या तथा नीतिगत विषयमा धारणा दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज