राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन्।

यससँगै राष्ट्रपति पौडेलले अहिलेसम्म कुल तीनवटा अध्यादेश जारी गरिसकेका छन् भने यसअघि मात्रै दुई वटा अध्यादेशहरू जारी भएका थिए। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी व्यवस्थालाई प्रभावकारी बनाउन सिफारिस गरे बमोजिम राष्ट्रपतिबाट यो संवैधानिक कदम चालिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज