काठमाडौँ । बीमा ऐन र धितोपत्रसम्बन्धी कसुर मुद्दामा फरार रहँदै आएका नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बिहीबार काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफलबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार दीपक भट्टसँग जोडिएको यस मामिलामा यसअघि नै जेठ २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सोही बेलादेखि फरार रहेका रिमाललाई फरारकै सूचीमा राखी मुद्दा चलाइएकोमा हाल पक्राउ गरेर अदालतमा उपस्थित गराइएको छ।

