मुख्यमन्त्री बानियाँको आक्रोश, छापा मारेर व्यक्तिगत चरित्रमा आघात पुर्‍याइयो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो घर र कार्यालयमा छापा मारेको कार्यप्रति गम्भीर आपत्ति जनाएका छन् । विभागले हेटौँडा र काठमाडौंस्थित निवासहरूमा छापा मारेपछि एक विज्ञप्ति जारी गर्दै उनले यस कदमबाट आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताएका हुन् ।

राज्यको जुनसुकै निकायले गर्ने अनुसन्धानमा आफू भौतिक रूपमै उपस्थित भएर सहयोग गर्न तयार रहेको अवस्थामा छापा मारिनु दुखद भएको मुख्यमन्त्री बानियाँको ठहर छ । उनले आफ्नो राजनैतिक र व्यावसायिक जीवनका बारेमा गरिने अनुसन्धानलाई सकारात्मक रूपमा लिने बताए पनि छापामारीको शैलीप्रति भने असन्तुष्टि व्यक्त गरेका छन् । संवैधानिक र कानुनी दायराभित्र रहेर गरिने हरेक प्रकारका अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता समेत उनले विज्ञप्तिमार्फत जनाएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज