काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले आजै दिउँसो सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए ।

