करोडौँ बचत अपचलनको आरोपमा गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ: ४ करोडभन्दा बढीको बिगो दाबी

काठमाडौं । ललितपुरको इमाडोलमा सञ्चालित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठकलाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको करोडौँ रकम ठगी गरेको आरोपमा उनलाई आइतबार जिल्ला प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हालसम्म प्राप्त जाहेरीका आधारमा पाठकमाथि ४ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग लागेको छ। पीडित बचतकर्ताहरू प्रहरीको सम्पर्कमा आउने क्रम अझै जारी रहेकाले ठगी गरिएको कुल रकमको आकार (बिगो) अझै बढ्न सक्ने एसपी मिश्रले जानकारी दिएका छन्। यस सहकारीको बचत रकम हिनामिना प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको र प्रहरीले घटनाको विस्तृत अनुसन्धानलाई तीव्रता दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज