अनलाइन मिडिया दर्ता–नवीकरण तुरुन्त सुरु गर्न पत्रकार महासंघको ७२ घण्टे अल्टिमेटम

काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सुरु गर्न नेपाल पत्रकार महासंघले सरकारलाई ७२ ७२ घण्टे अल्टिमेटम दिएको छ।

बुधबार महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरी ज्ञापनपत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो । उक्त ज्ञापनपत्रमा अवरुद्ध प्रक्रिया तत्काल सुरु नगरे संघ आन्दोलनमा जाने स्पष्ट चेतावनी दिइएको छ।

मन्त्री गुरुङले समस्या समाधानका लागि तत्काल अस्थायी व्यवस्था मिलाइने र नयाँ नियमावली छिट्टै सार्वजनिक गरिने आश्वासन दिएका छन्।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा गरिएको संशोधनपछि अनलाइन मिडियाको दर्ता र नवीकरणको जिम्मेवारी स्थानीय प्रशासनलाई दिइए पनि कार्यान्वयनमा देखिएको अस्पष्टताका कारण प्रक्रिया देशभर अवरुद्ध भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज