काठमाडौं । सर्वोच्च अदालतले स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको चुनावी जित वैधानिक भएको स्पष्ट गरेको छ। अदालतले मतदान अधिकृतसमक्ष उजुरी नदिनु धाँधली ठहर गर्न नसकिने व्याख्या पनि गरेको छ।
प्रदेशसभा २ (ख) का उम्मेदवार बुद्धिमान श्रेष्ठले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा संवैधानिक इजलासले गत वर्ष भदौ ५ गते फैसला सुनाउँदै रिट खारेज गरेको थियो। अदालतले गुरुङको विजयलाई मान्यता दिएको हो।
सर्वोच्चले आदेशमा औँल्याएको छ कि मतदानकै बेलामा विरोध नजनाउने, ठोस प्रमाण नहुनु र निर्वाचन आयोगले तोकेको प्रक्रिया पूरा गरिएको अवस्थालाई ध्यानमा राख्दै निर्वाचन वैध भएको हो। अदालतले पछिल्लो उजुरी वा विरोधका आधारमा निर्वाचन प्रक्रियामा प्रश्न उठाउन नहुने ठहर गरेको छ।
गुरुङमाथि मृतक र विदेश गएका मतदाताको मतदान गराइएको, मतदान दर ९८ प्रतिशत पुर्याइएको लगायत एमालेको आरोपहरु आए पनि सर्वोच्चले ती दाबीलाई प्रमाणित नभएको ठहर गरेको छ।

