अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ

काठमाडौँ । अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ गरेलगत्तै उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।

उनलाई पक्राउ गर्नुको यकिन कारणबारे प्रहरीले औपचारिक रूपमा केही खुलाएको छैन। यद्यपि, उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिई आवश्यक अनुसन्धान प्रक्रिया अघाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज