वैदेशिक अध्ययनका कानूनी जटिलता र प्रविधिको सहायताका लागि ‘AbroadKhabar’ सञ्चालनमा

काठमाडौं । वैदेशिक अध्ययनका क्रममा नेपाली विद्यार्थीहरूले भोग्नुपरेका कानूनी जटिलता, अपूर्ण जानकारी र ठगीका घटनालाई मध्यनजर गर्दै ‘AbroadKhabar’ (https://abroadkhabar.com/) अनलाइन सञ्चालनमा आएको छ।

सही सूचना, कानूनी सचेतना र उचित मार्गदर्शनको अभावमा विद्यार्थीहरूले भिसा प्रक्रिया, विश्वविद्यालय भर्ना तथा कागजात प्रमाणीकरणमा अनावश्यक सास्ती भोग्नुपरेको अवस्थालाई कानून र प्रविधिको संयुक्त प्रयोगमार्फत समाधान गर्ने यस प्लेटफर्मको मुख्य उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्जुन तिम्सिनाले बताए ।

वैदेशिक अध्ययनका प्रक्रियाहरूमा अध्यागमन कानून, अन्तर्राष्ट्रिय विद्यार्थीका अधिकार, दूतावासका नियमहरू र कागजात प्रमाणीकरण जस्ता विषयहरू अति संवेदनशील मानिन्छन्। यी कानूनी प्रक्रियाहरूलाई सरल नेपाली भाषामा सम्प्रेषण गर्दै आएको यस प्लेटफर्ममा ‘लिगल एड्भाइजर टिम’ को व्यवस्था गरिएको छ। यसले विद्यार्थीहरूलाई आधिकारिक स्रोतमा आधारित रहेर प्रारम्भिक कानूनी मार्गदर्शन प्रदान गर्दछ, जसले गर्दा कानूनी अज्ञानताका कारण हुने त्रुटिहरूबाट बच्न मद्दत पुग्छ।

प्रमुख कार्यकारी अधिकृत तिम्सिनाका अनुसार गलत वा अपूर्ण सूचनाका कारण विद्यार्थीहरूको भविष्य जोखिममा पर्ने समस्यालाई रोक्न प्लेटफर्मले ‘Research-based Information System’ अपनाएको छ। यहाँ प्रकाशित हुने हरेक कानूनी तथा शैक्षिक सामग्रीहरू सम्बन्धित देशका सरकारी निकाय, दूतावास र आधिकारिक नीतिहरूसँग क्रस-चेक गरेर मात्र सार्वजनिक गरिन्छ।

विद्यार्थीहरूको अधिकार र सहजताका लागि प्लेटफर्मले आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित आधुनिक डिजिटल उपकरणहरू सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत योग्यता र प्राथमिकताका आधारमा उपयुक्त विश्वविद्यालय छनोट गर्न AI-powered University Finder, शैक्षिक प्रोफाइलको विश्लेषण गरी भर्ना सम्भावनाको मूल्याङ्कन गर्न ‘University Admission Predictor र Statement of Purpose (SOP) को संरचना र मौलिकता जाँच गर्न SOP Evaluation System जस्ता सेवाहरू उपलब्ध गराइएका छन्।

कुनै पनि कन्सल्टेन्सीको कमिसन वा व्यावसायिक प्रभावबाट पूर्ण रूपमा स्वतन्त्र रहेको यो प्लेटफर्मले विद्यार्थीहरूलाई निष्पक्ष र तथ्यपरक जानकारी दिने प्रतिबद्धता जनाएको छ। साथै, विदेशमा अध्ययनरत अग्रज विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्क गराउने व्यवस्था मिलाइएको छ भने पुल्चोक र थापाथली क्याम्पसका इन्जिनियरहरूद्वारा यसको साइबर सुरक्षा  र प्राविधिक पक्षलाई सुरक्षित बनाइएको छ।

कानूनी रूपमा सचेत र प्रविधिमैत्री बन्दै विदेश अध्ययनको सपनालाई सुरक्षित रूपमा साकार पार्न यो प्लेटफर्म एक प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत तिम्सिनाले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज