सर्वोच्च अदालतले गुनासो र सुझावका लागि खोल्यो नयाँ सम्पर्क माध्यम

काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राही तथा सरोकारवालाहरूबाट प्राप्त हुने गुनासा, सुझाव र प्रतिक्रियाहरूलाई थप व्यवस्थित बनाउन नयाँ सम्पर्क माध्यमहरू सार्वजनिक गरेको छ। प्रधानन्यायाधीशको सचिवालयमार्फत सोझै सम्पर्क गर्न सकिने गरी अदालतले सूचना जारी गर्दै विभिन्न माध्यमहरू उपलब्ध गराएको हो।

सर्वोच्च अदालतको प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार अब सेवाग्राहीले आफ्ना गुनासा तथा सुझावहरू ह्वाट्सएप (WhatsApp) र भाइबर (Viber) मार्फत ९७६८५७००५५ मा पठाउन सक्नेछन्। त्यस्तै, ईमेलमार्फत सम्पर्क गर्न चाहनेहरूले [email protected] मा आफ्ना कुराहरू राख्न सक्नेछन्।

सेवाग्राहीको सहजताका लागि अदालतले १६६०-०१-३३३-५५ टोल फ्री नम्बरको समेत व्यवस्था गरेको छ। अदालतले सबै सरोकारवालाहरूलाई यी माध्यमबाट सम्पर्क गर्न सार्वजनिक आह्वान गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज