समस्याग्रस्त १० सहकारीका ९२ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण चुक्ता नगरे कडा कानुनी कारबाही हुने

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता नगर्ने र ऋण लिएर नतिर्ने व्यक्तिहरूविरुद्ध कडा कदम चाल्दै ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्न सुरु गरेको छ। यसै सिलसिलामा समितिले बुधबार १० वटा समस्याग्रस्त घोषित सहकारी संस्थाका ९२ जना ठूला ऋणीहरूको नाम पहिलो चरणमा सार्वजनिक गरेको हो।

समितिले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी आफ्नो ऋणको सावाँ र ब्याज चुक्ता गर्न निर्देशन दिएको छ भने तोकिएको समयमा ऋण नतिरेमा कानुन बमोजिम कडा असुली प्रक्रिया र कारबाही अघि बढाइने चेतावनी दिएको छ।

यस पटक नाम सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी रहेका छन्। यसैगरी आइडियल यमुना बहुउद्देश्यीय, तुलसी बहुउद्देश्यीय, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीहरूको विवरण पनि समितिले बाहिर ल्याएको छ। अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित गरिने तयारी रहेकाले बाँकी ऋणीहरूलाई पनि समयमै कार्यालयमा सम्पर्क गरी दायित्व पूरा गर्न समितिले विशेष आग्रह गरेको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज