काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले परिषद्का सचिव जितेन्द्र थपलियालाई उच्च अदालत सुर्खेतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। परिषद्को निर्णयअनुसार उनलाई उच्च अदालत सुर्खेत अन्तर्गतको जुम्ला इजलासमा न्यायाधीश पदमा नियुक्त तथा पदस्थापन गरिनेछ।
यसअघि न्याय परिषद्को सचिवको जिम्मेवारी सम्हाल्दै आएका थपलियालाई अब उच्च अदालतको न्यायिक जिम्मेवारीमा पठाउने तयारी गरिएको हो। परिषद्ले उनको योग्यता र अनुभवका आधारमा उच्च अदालतको न्यायाधीशका रूपमा काम गर्ने गरी यो सिफारिस गरेको हो।

