काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कानुन संकायको डिन पदका लागि प्राध्यापक दिननाथ पराजुली र ज्ञानेश्वर पराजुलीलाई प्रतिस्पर्धी बनाउँदै नियुक्ति प्रक्रिया अघि बढाएको छ। विश्वविद्यालयले योग्य उम्मेदवार चयनका लागि व्यक्तिगत विवरण, कार्ययोजना र सोचपत्र मूल्यांकनसहित अन्तर्वार्ता प्रक्रिया सुरु गरेको छ।
त्रिवि उपकुलपति कार्यालयले जानकारी दिएको अनुसार, उनीहरूको व्यक्तिगत विवरण र कार्ययोजना मूल्यांकनपछि अन्तर्वार्ता मार्फत निर्णय गरिनेछ।
त्यस्तै, विश्वविद्यालयले परीक्षा नियन्त्रक पदमा पाँच जना उम्मेदवारको आवेदन प्राप्त गरेको छ। रजिष्ट्रार कार्यालयका अनुसार, प्राध्यापक ध्यानेन्द्रबहादुर राई, लक्ष्मण पौडेल, ज्ञानबहादुर थापा, सहप्राध्यापक कृष्णप्रसाद आचार्य र विष्णु खनाल यस पदका प्रतिस्पर्धी हुन्। छनौट तथा सिफारिस समितिले योग्य उम्मेदवारको मूल्यांकनपछि अन्तिम सिफारिस गर्नेछ।

