काठमाडौं । सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन । मन्त्री शर्माका अनुसार विभिन्न चरणमा छलफल गरेर १६औं पञ्चवर्षीय योजना पारित गरिएको हो ।
त्यसैगरी आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ । दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।