अध्यादेश मार्फत कानुन बनाएर भए पनि बचत फिर्ता गर्न लगाउँछौंः उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको बचतकर्ताको पैसा अध्यादेश ल्याएरै भएपनि फिर्ता गरिने बाचा गरेका छन् । इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बाचा गरेका हुन । 

चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न कुनै कानुनी समस्या वा अड्चन भएमा सरकारले अध्यादेश ल्याएर भएपनि समस्या समाधान गर्ने बताए । उनले भने, अध्यादेशमार्फत कानुन ल्याएर भएपनि सहकारी पीडितको रकम फिर्ता गराउँछौ । 

सहकारी सम्बन्धी विद्यमान समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको बताउँदै गृहमन्त्री लामिछानेले भने, म नियमित रुपमा यसविषयमा प्रधानमन्त्रीसँग छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ । सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव छ भनिएको छ । यदि त्यस्तो हो भने तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज