व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धान जारी राख्न म्याद थप गर्ने निर्णय गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा व्यवसायी भट्टलाई गत चैत १९ गते र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई चैत २२ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

सुलभ अग्रवालको हकमा यो छैटौँ पटक म्याद थप भएको हो भने दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको छ। उनीहरूलाई पक्राउ गरेर हाल हिरासतमा राखी गम्भीर रूपमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज