काठमाडौं । सरकारले विभिन्न क्षेत्रका ऐनहरू संशोधन गर्नका लागि थप तीन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बुधबार विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्ने प्रयोजनका लागि यी अध्यादेशहरू सिफारिस गरिएका हुन् ।
यसअघि गत सोमबार मात्रै सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । यो पछिल्लो सिफारिससँगै सरकारले केही दिनको अन्तरालमा कुल पाँच वटा अध्यादेश प्रमाणीकरणका लागि शीतल निवास पठाएको छ । संघीय संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकाले सरकारले यी अध्यादेशहरू ल्याउने निर्णय गरेको हो ।

