काठमाडौँ । डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीहरूमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत कात्तिक १४ गते कारागारको सुरक्षा ट्यांकीबाट साढे तीन मिटर लामो सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये हालसम्म छ जना पक्राउ परेका छन्।
आइतबार साँझ त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँको जङ्गल क्षेत्रबाट सुरक्षाकर्मीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ का यज्ञ विक रहेका छन्।
कारागारबाट फरार भएकाहरू जबर्जस्ती करणी र चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका व्यक्तिहरू रहेको खुलेको छ भने बाँकी दुई जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

