पूर्वप्रधानन्यायाधीश पक्राउप्रति मानव अधिकार संगठनको आपत्ति: विधिको शासन पालना गर्न अपिल

काठमाडौँ । नेपाल मानव अधिकार संगठन (ह्युरोन) ले पूर्वप्रधानन्यायाधीशलाई बिना कुनै कसुर राति पक्राउ गरी हिरासतमा लिने र पछि छाड्ने सरकारको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालद्वारा असोज १२ गते जारी प्रेस विज्ञप्तिमा सरकारको यस्तो कदमलाई स्वेच्छाचारी भन्दै यसले नागरिकको वैयक्तिक स्वतन्त्रता, संविधान र मानव अधिकारसम्बन्धी कानुनको गम्भीर उल्लङ्घन गरेको उल्लेख गरिएको छ।

कुनै पनि व्यक्तिलाई बिना कसुर नियन्त्रणमा लिने कार्यले विधिको शासन र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको उपहास हुने भन्दै संगठनले कानुनी शासनको पालना गर्न स्मरण गराएको छ। लोकतान्त्रिक प्रणालीमा राज्यशक्तिको दुरुपयोग नगर्न, शक्ति सन्तुलनको सिद्धान्तको सम्मान गर्न र संविधान एवं कानुनी मूल्य-मान्यता अनुरूप मात्र अघि बढ्न संगठनले सरकार तथा सम्पूर्ण सरोकारवाला निकायहरूसँग अपिल गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज