सुरक्षाको माग गर्दै प्रहरीसमक्ष पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको निवेदन

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको तर्फबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) मा शान्ति सुरक्षा व्यवस्था कडा पार्न माग गर्दै औपचारिक निवेदन पेस गरिएको छ।

२०८३ असोज ११ गते आइतबार पेस गरिएको उक्त निवेदनमा पूर्वप्रधानन्यायाधीश राणाका तर्फबाट उनका छोरा सचिन्द्र शम्शेर ज.ब.रा.ले हस्ताक्षर गरेका छन्।

निवेदनमा देशको वर्तमान परिस्थिति, सामाजिक सञ्जाल एवम् मिडियाहरूमा उत्पन्न प्रश्नहरू र विगतमा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयहरूका कारण गम्भीर सुरक्षा चुनौती थपिएको उल्लेख छ।

“विगतमा राज्यका अङ्गहरूमा वहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतको कारण पनि म माथि थप असुरक्षाको महसुस भएको छ,” निवेदनमा भनिएको छ, “यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।”

पूर्वप्रधानन्यायाधीश राणाको सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायहरूलाई पूर्वजानकारीमै रहेकाले उनको निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस् भन्दै थप सुरक्षाकर्मी तैनाथ गर्न निवेदनमार्फत आग्रह गरिएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज