मधेशका प्रदेश सांसद कुशवाहालाई भ्रष्टाचारमा चार वर्ष कैद र साढे ३८ लाख जरिवाना

काठमाडौँ । विशेष अदालतले घुस लिएको ठहर गर्दै मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई चार वर्ष एक महिना कैद फैसला सुनाएको छ। भ्रष्टाचार निवारण ऐनअनुसार दोषी ठहर भएका सांसद कुशवाहालाई अदालतले ३८ लाख ५० हजार एक सय ३९ रुपैयाँ जरिवानाको सजाय पनि तोकेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यसअघि नै जेठ ४ गते उनलाई दोषी ठहर गरेको थियो भने आज सजाय निर्धारण गरिएको हो। अदालतको छानबिनबाट कुशवाहाले विभिन्न उपभोक्ता समितिहरूबाट घुस र कमिसनवापत उक्त रकम असुली गरेको पुष्टि भएको थियो। सोही बिगो रकमलाई आधार मान्दै अदालतले कैदसहित जरिवानाको फैसला सुनाएको हो। जनप्रतिनिधि नै भ्रष्टाचारको कसुरमा दोषी ठहर भई कैद सजाय पाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज