व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टकी श्रीमती आयुष्मा नेपालद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै बन्दीलाई नै इजलाससमक्ष पेश गर्न निर्देशन दिएको छ । आफ्ना पतिलाई गैरकानूनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै आयुष्माले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा न्यूज