नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बेको बाजी : निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। संसदीय दल निर्वाचन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीले बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको औपचारिक जानकारी दिएका हुन्।

कांग्रेसको संसदीय दलको नेता चयनका लागि विगत दुई महिनादेखि पार्टीभित्र निकै रस्साकस्सी चल्दै आएको थियो। अन्ततः सोमबार नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरूबीच आङदेम्बेको नाममा सहमति जुटेपछि उनलाई निर्विरोध बनाउने बाटो खुलेको हो। यसअघि संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र मोहन आचार्यले समेत आफ्नो बलियो दाबी प्रस्तुत गर्दै आएका थिए। सोही कारण लामो समयसम्म सहमति जुट्न सकस भए पनि अन्तिम समयमा कार्यसम्पादन समितिले अन्य आकांक्षीलाई पछि हटाउँदै आङदेम्बेको नाममा सहमति जुटाएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज