गृहमन्त्री गुरूङको सम्पत्तिमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङको सम्पत्तिको स्रोत र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठाउँदै उनीमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रीहरूको सम्पत्तिलाई लिएर सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई बेवास्ता गर्न नमिल्ने र यसमा निष्पक्ष छानबिन हुनुपर्ने कांग्रेसको आधिकारिक धारणा छ।

लोकतन्त्रमा पारदर्शिता र जबाफदेहिता अनिवार्य हुने उल्लेख गर्दै कांग्रेसले गृहमन्त्री पदमै बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने आशंका समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि यो माग कुनै व्यक्ति वा दल विशेषप्रति लक्षित नभई समग्र राजनीतिक संस्कार सुधार गर्ने प्रयास हो। अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र कुनै पनि प्रभावबाट मुक्त राख्न आवश्यक वातावरण सुनिश्चित गर्न सरकारलाई सचेत गराइएको छ। यदि यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास गरिएमा त्यसले सुशासन र जनविश्वासमा गम्भीर आघात पुर्‍याउने चेतावनी समेत प्रमुख प्रतिपक्षी दल कांग्रेसले दिएको छ। पार्टीले नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्न आफू सधैं दृढ रहने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज