रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चले माग्यो थप प्रमाण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले थप सक्कल प्रमाण कागजात झिकाउन आदेश दिएको छ।

सर्वोच्चले आवश्यक कागजात प्राप्त भएपछि मात्र अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय लिने जनाएको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्दै मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

उक्त रिटमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज