मेयर पदबाट राजीनामा दिएपछि बालेन रास्वपा केन्द्रीय कार्यालय पुगे

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थली पुगेका हुन्।

बनस्थलीस्थित केन्द्रीय कार्यालयमा रास्वपाको केन्द्रीय समिति बैठक जारी छ, जहाँ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल भइरहेको छ। बैठकमा सहभागी हुन पुगेका बालेनले आजै पार्टी नेतृत्वसँग राजनीतिक गतिविधिबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

बालेनसँगै ‘जेन–जी’ अभियन्ता सुदन गुरुङ पनि केन्द्रीय कार्यालय पुगेका छन्। गुरुङले आजै रास्वपामा प्रवेश गर्ने घोषणा गरेका छन्। उनीहरूको आगमनसँगै केन्द्रीय कार्यालय परिसरमा नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ।

पार्टी स्रोतका अनुसार, केन्द्रीय समिति बैठकपछि बालेन पार्टी सभापति रवि लामिछानेसहितका नेताहरूसँग जनकपुर जाने तयारीमा छन्। आज जनकपुरमा आयोजना हुने सभालाई बालेन र सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

मेयर पदबाट राजीनामा दिएपछि बालेनको राजनीतिक कदम र आगामी निर्वाचनमा भूमिकालाई लिएर चासो बढेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज