कूटनीतिक निकायसँग छलफल गर्दै प्रधानमन्त्री कार्की, प्रमुख एजेन्डा २१ फागुनको चुनाव केन्द्रित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्दैछिन् ।

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ ।

बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज