३५ दिनपछि सर्वोच्चमा रिट दर्ता हुँदै, नयाँ मुद्दा सुनुवाइको बाटो खुल्यो

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतमा ३५ दिनपछि रिट दर्ता हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले आज मंगलबार (असोज २८)देखि रिट निवेदन दर्ता गर्ने जनाएको छ ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ ।

सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो । आगजनीका कारण अधिकांश मुद्दाका मिसिल र पुराना कागजात जलेर खरानी भएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज