काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ निवासी ३६ वर्षीय नेवाङ तामाङ हुन्। उनलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
तामाङले खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धान अघि बढाइएको थियो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

