भोलिदेखि अदालतमा दशैं विदा, बन्दी प्रत्यक्षीकरण रिटको भने सुनवाइ हुने

काठमाडौँ । भोलिदेखि अदालतमा दशैं विदा सुरु हुने भएको छ । विदामा पनि  बन्दी प्रत्यक्षीकरण रिटको भने सुनवाइ हुने छ । सर्वोच्च अदालतले दशैं बिदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदन दर्ता र सुनुवाइ गर्ने भएको हो।

सर्वोच्च प्रशासनले जारी गरेको सूचनाअनुसार विजया दशमी, २०८२ को उपलक्ष्यमा मिति २०८२ असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बिदामा रहनेछ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबार बाहेकका दिन बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ हुने व्यवस्था गरिएको छ।

सर्वोच्च प्रशासनका अनुसार यस व्यवस्था मार्फत संवैधानिक अधिकारसम्बन्धी संवेदनशील मुद्दामा समयमै सुनुवाइ सुनिश्चित गर्न कदम चालिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज