वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन्।

जेन–जी आन्दोलनको दबाबपछि बनेको अन्तरिम सरकारले पहिलो औपचारिक निर्णय स्वरूप भण्डारीलाई नियुक्त गरेको हो।

९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सविता नेपालकै कानुनी क्षेत्रमा दीर्घ अनुभवसम्पन्न व्यक्ति मानिन्छिन्। उनी नेपालको इतिहासमै महान्यायाधिवक्ता बन्ने पहिलो महिला पनि भएकी छन्।

कानुनी क्षेत्रका जानकारहरूका अनुसार भण्डारीको नियुक्तिले न्याय क्षेत्रमा महिला नेतृत्वको सहभागिता बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज