महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिए राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार, बडालले भदौ २४ गते नै आफ्नो पदबाट राजीनामा दिएका हुन्। यसबारे जानकारी राष्ट्रपति कार्यालयले आइतबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो।

पुडासैनीले भने, “उहाँले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको हो। राष्ट्रपति कार्यालयबाट आज मात्र यसको सूचना प्राप्त भएको हो।”

बडाललाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साल साउन २ गते महान्यायाधिवक्ताको पदमा नियुक्त गरेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज